You are viewing the translated version of स्वच्छ तथा गुणस्तरीय खानेपानीको आपूर्ति.

Section 63
स्वच्छ तथा गुणस्तरीय खानेपानीको आपूर्ति
(१) सेवाप्रदायक तथा अनुमति लिनु नपर्ने संस्थाले ऐनको दफा ३६ को उपदफा (१) र (२) बमोजिम तोकिएको गृणस्तर तथा मापदण्ड अनुसार स्वच्छ तथा गुणस्तरीय खानेपानी आपूर्ति गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम स्वच्छ तथा: गुणस्तरीय खानेपानी आपूर्तिको सुनिश्चितताको लागि सेवाप्रदायक तथा अनुमति लिनु नपर्ने संस्थाले समयसमयमा खानेपानीको नमूना जाँच तथा परीक्षण गराई प्राप्त नतिजाका आधारमा खानेपानीको स्वच्छता र गुणस्तर कायम गर्नु पर्नेछ।